June 30th, 2016

विश्व शेयर बजारमा लगानी गर्ने सुनौलो अवसर, सगुनले खोल्यो ५ लाख डलरको आईपीओ 

sagunनेपालीको लगानी रहेको सामाजिक सञ्जाल सगुन डटकमले अन्तर्राष्ट्रिय बजारमा शेयर निष्काशन गरेको छ । वासिङ्टन डीसीमा केन्द्रीय कार्यालय राखि शुरु भएको सगुनले बुधबार साधारण शेयर निष्काशन गरेको हो । पहिलो चरणमा ५ लाख डलरको आइपीओ निष्काशन गरेको सगनुले जुलाई महिनाको अन्त्यतिरबाट दोस्रो चरणको आइपिओ सुरु गर्ने जनाएको छ । कम्पनीले पहिलो चरणको आइपीओबाट ३.७५ प्रति शेयरका दरले ४ लाख ८० हजार शेयर बिक्री गरि १८ लाख डलर सम्म उठाउन पाउने छ । 

नेपालीको लगानी रहेको कम्पनिको अन्तर्राष्ट्रिय बजारमा शेयर कारोबार हुन लागेको यो नै पहिलोपटक हो । शेयर निष्काशनका लागि युएस जब्स स्टकले कानुनी बाटो खुल्ला गरिदिएपछि साधारण शेयर निष्काशन गर्न लागेको जानकारी राजधानीमा आयोजित एक कार्यक्रममा दिइयो । विश्वभर छरिएर रहेका नेपालीहरुले सो आईपीओका लागि आवेदन दिन सक्ने बताइएको छ । 

सगुन डटकम एउटा बिश्वब्यापी रुपमा फैलिएको सोसियल कमर्स सञ्जाल हो । यसले विश्वभर रहेका लगानीकर्तालाई इक्विटी क्राउडफन्डिङ पहलमा बैंकरोल मार्फत अवसर प्रदान गरिरहेको छ । शेयर खरिदबाट आएको पूँजीबाट सगुनको प्रयोगकर्ता विस्तार गर्ने, थप नयाँ विशेषताहरु बढाउँदै जाने र मोबाइल एप्पको सुरुवात गरिने कम्पनीले जनाएको छ ।