January 9th, 2020

वैदेशिक रोजगारीको अन्त्य गर्न सहकारीले भुमिका खेल्नुपर्ने : पद्मा अर्याल


स्मारीका अग्रवाल । बैंकिङ खबर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सहकारीबाट वैदेशिक रोजगारीको अन्त्य हुनुपर्ने आवश्यक्ता औल्याउनुभएको छ । राष्ट्रिय सहकारी महासंघको २७ औं वार्षिक साधारणसभाको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एक घर बराबर एक जना सहकारी सदस्य र अनिवार्य गराई एउटा सहकारी एउटा रोजगारीको अभियान ल्याएर वैदेशिक रोजगारीको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय अर्थतन्त्र निर्माणका सहकारी एउटा बलियो मेरुदण्ड तथा समृद्धिको आधाररहेकोमा उहाँको जोड थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]