Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्वदेशी लघुवित्तद्धारा पाँचौ वार्षिकोत्सवको अवसरमा बालआश्रमलाई सहयोग

२०७६ पुष २२ गते

बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तीय संस्थाको पोखरा—२६, अर्घौ शाखाले सँस्था स्थापनाको पाँचौ वार्षिक अवसरमा संस्थाको उदेश्य अनुसार बिपन्न बर्ग लाई सहयोग तथा हातेमालो गर्ने क्रममा पोखरमहानगरपालिक वाड नंः २७,डाँडाँकोनाक स्थित रहेको श्री कृष्ण प्रणामी बालआश्रममा रहेका अनाथ बालबालिकाहरुलाई खाद्यन्न सामाग्री तथा कपि कलम हरु वितरण गरि कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पोखरा—२६, अर्घौ शाखाका शाखा प्रबन्धक प्रभात किरण पौडेल ,सहायक संयोग कोइराला , यमितापोखरेल तथा शाखाको केन्द्र नं ०७३ को श्री डांडाको नाक स्वदेशि महिला केन्द्रका सदस्यहरुकोउपस्थिती रहेको थियो ।
कार्यक्रममा पोखरा—२६, अर्घौ शाखाका शाखा प्रबन्धक प्रभात किरण पौडेलले संस्थाको परिचय, कार्य क्षेत्र तथा संस्थाले प्रदान गर्ने सेवा सुविधा तथा सामाजिक कामको बारेमा जानकारी गराउनु भएको थियो ।
डाँडाँकोनाक स्थित रहेको श्री कृष्ण प्रणामी बालआश्रमको भबन प्रांगणमा भएको कार्यक्रममा श्री कृष्ण प्रणामी बालआश्रमका संन्चालक तथा जग्गादाताले संस्थाले गरेको सहयोग प्रति धन्यबाद ज्ञापन गर्दै यस सहयोगले बालबालिकालाई खाद्य्रयान्न तथा पठन पाठन मा मद्दत पुर्याएको भन्दै यस्ता कार्यक्रम आगामी दिनमा पनिआवश्यक रहेको बताए ।

Ad