बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले एकदिनमा एकलाख रुपैयाँ निकाल्न मिल्ले व्यबस्था गरेको छ । राष्ट्र बैंकले एटीएम कार्ड प्रयोग गरी निकाल्न पाउने रकमको सीमा बढाएको हो । अब एटीएमबाट एकपटकमा २५ हजार रुपेयाँ निकाल्न मिल्ने र एकदिनमा १ लाख रुपैयाँसम्म निकाल्न पाइनेछ । गत केही समय अघि चिनियाँ ह्याकरहरुले विभिन्न बैंकको एटीएम प्रयोग गरी करोडौं रुपैयाँ लुटपाट गरेपछि राष्ट्र बैंकले एटीएमबाट निकाल्न मिल्ने रकमको सीमा घटाएको थियो । एकपटकमा एटीएममा न्यूनतम ५ सय र अधिकतम २५ हजार रुपैयाँ सम्म निकाल्न मिल्छ भने एक दिनमा १ लाख रुपैयाँसम्म निकाल्न सकिने छ । यसअघि एक दिनमा ६० हजार रुपैयाँ र एकपटकमा २० हजार रुपैयाँ निकाल्न सकिने व्यबस्था थियो ।