वेभसाइटमा नेपाल भ्रमण वर्षको लोगो राख्न बैंकहरुलाई निर्देशन

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले आफ्नो आधिकारीक वेभसाइट तथा पेजहरुमा भ्रमण वर्षको लोगो राख्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले एक विशेष सूचनामार्फत ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन वेभसाइट र पेजमा भ्रमण वर्षको लोगो राख्न निर्देशन दिएको हो । केन्द्रीय बैंकले प्रमुख पर्यटकीय गन्तव्यहरुमा संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गतका क्रियाकलाप केन्द्रित गर्न पनि बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ ।