दुई वाणिज्य बैंकसहित आधा दर्जन वित्तीय संस्थामा रोजगारीको अवसर

बैंकिङ खबर । दुई वाणिज्य बैंकसहित आधा दर्जन वित्तीय संस्थामा रोजगारी खुलेको छ । कुमारी बैंक र एनआईसी बैंकसहित साना किसान विकास लघुवित्त, सामुदायिक लघुवित्त, प्रोग्रेसिभ फाइनान्स र बेष्ट फाइनान्सले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी मागेका छन् ।

एनआईसी एशिया बैंकले सेल्स डिपार्टका लागि केही संख्यामा सिनियर मेनेजर, मेनेजर, डेपुटी मेनेजर र एसिस्टेन्ट मेनेजर मागेको छ ।

कुमारी बैंकले केही संख्यामा जुनियर एसिस्टेन्ट मागेको छ ।

त्यस्तै, बेष्ट फाइनान्सले कानुनी सल्लाहकार, एसिस्टेन्ट मेनेजर, ब्रान्च मेनेजर, विजनेस डेभलपमेन्ट मार्केटिङ अफिसर र ट्रेनी एसिस्टेन्ट मागेको छ ।

प्रोग्रेसिभ फाइनान्सले क्रेडिट डिपार्टका लागि कार्यकारी व्यवस्थापक वा डेपुटी मेनेजर एक जना, फाइनान्स, एकाउन्ट एण्ड ट्रेजरी डिपार्ट हेड, ब्रान्च मेनेजर, क्रेडिट इन्चार्ज, अपरेसन इन्चार्ज, क्रेडिट डिपार्ट सुपरभाइजर र जुनियर एसिस्टेन्ट ट्रेनी मागेको छ ।

त्यसैगरी, साना किसान विकास लघुवित्तले वरिष्ठ प्रबन्धकदेखि सहायकसम्मका विभिन्न १० पदमा कर्मचारी मागेको छ ।

सामुदायिक लघुवित्तले नायब प्रबन्धक, उपप्रबन्धक, वरिष्ठ सामुदायिक विकास परिचालक, सामुदायिक विकास परिचालक र नायब सामुदायिक विकास परिचालक मागेको छ ।