Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

वित्तीय क्षेत्रमा रोजगारीको बहार : एसिस्टेन्टदेखि डेपुटी सीईओसम्म माग

२०७६ पुष ६ गते

बैंकिङ खबर । बैंकमा जागीर खाने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईँको लागि ठूलो मौका छ । यति बेला आठ वटा बैंक तथा वित्तीय संस्थाले कर्मचारी माग गरिरहेका छन् ।

क वर्गकै सिद्धार्थ बैंकले केही संख्यामा ट्रेनी एसिस्टेन्ट मागेको छ । अनुभव नमागेको हुँदा वाणिज्य बैंकबाट अनुभव बटुल्न चाहनेहरुले यस बैंकमा एप्लाई गर्नु उत्तम हुन्छ । एप्लाई गर्ने म्याद १ जनवरीसम्म छ ।

ख वर्गको कामना सेवा विकास बैंकले ब्रान्च मेनेजर, रिलेसनसिप मेनेजर, लिगल एसिस्टेन्ट र सेमि क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट मागेको छ । यस बैंकमा आवेदन दिने म्याद १ जनवरीसम्म रहेको छ ।

एक्सेल डेभलपमेन्ट बैंकले डेपुटी सीईओ र एसिस्टेन्ट जनरल मेनेजर मागेको छ । आवेदन दिने म्याद १ जनवरीसम्म छ ।

कञ्चन डेभलपमेन्ट बैंकले एक जना डेपुटी सीईओका साथै केही संख्यामा सिनियर अफिसर, अफिसर, आईटी अफिसर, जुनियर अफिसर, सिनियर एसिस्टेन्ट, एसिस्टेन्ट र आईटी एसिस्टेन्ट मागेको छ । आवेदन दिने म्याद ३० डिसेम्बरसम्म छ ।

सालपा विकास बैंकले विभिन्न पदमा ११ जना कर्मचारी मागेको छ । बैंकले ३० डिसेम्बरभित्रमा दरखास्त दिइसक्न आह्वान गरेको छ ।

घ वर्गको स्वाबलम्बन वित्तीय संस्थाले ४६ जना सहायक प्रशिक्षार्थी मागेको छ । अनुभव पनि नचाहिने र शैक्षिक योग्यता पनि एसएलसी भए पुग्ने भएकाले बैंकिङ क्षेत्रमा करिअरको सुरुवात गर्नेहरुले यस लघुवित्तमा एप्लाई गर्न सक्नुहुन्छ ।

साधना लघुवित्तले केही संख्यामा सुपरभाइजर, वरिष्ठ सहायक, कनिष्ठ सहायक र सहायक प्रशिक्षार्थी मागेको छ । एसएलसी र प्रवीणता प्रमाणपत्र तह उतीर्णलाई यस लघुवित्तमा अवसर रहेको छ । आवेदन दिने म्याद यही पुष १८ गतेसम्म रहेको छ ।

एनआईसी एसिया लघुवित्तले १।१ जना डेपुटी सीईओ, चिफ रिस्क अफिसर, चिफ सपोर्ट अफिसर, फाइनान्स हेड, लिगल हेड, क्रेडिट अप्रुभल हेड, लोन रिकभरी हेड, जनरल सर्भिसेज एण्ड प्रोजेक्ट्स हेड, प्रोभिन्स हेड, लिगल अफिसर, लोन रिकभरी अफिसर, इन्फर्मेसन टेक्नोलोजी अफिसर, रिस्क मेनेजमेन्ट एण्ड कम्प्लायन्स अफिसर र भिजिलान्स एण्ड मोनिटरिङ अफिसर मागेको छ । त्यस्तै, केही संख्यामा ब्रान्च मेनेजर र ट्रेनी एसिस्टेन्ट पनि मागेको छ । एप्लाई गर्ने म्याद ३१ डिसेम्बरसम्म छ ।