Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

यी हुन्, हकप्रद शेयर निष्काशनको तयारीमा जुटेका १५ वाणिज्य बैंकहरु

२०७३ असार १५ गते
सेयर:

share१५ वटा वाणिज्य बैंकहरुको २२ अर्ब ८० करोड १० लाख रुपैयाँ बराबरको हकप्रद शेयर पाइपलाइनमा रहेको छ । ०७४ असार मसान्तसम्म चुक्ता पुँजी न्युनतम ८ अर्ब रुपैयाँ हुनु पर्ने वाध्यात्मक व्यवस्था केन्द्रीय बैंकले गरेपछि यी बैंकहरु हकप्रद सेयर निष्कासनको अन्तिम तयारीमा जुटेका हुन् । 

हकप्रद निष्काशनको अन्तिम तयारीम रहेका बैंकहरुमध्ये एनआईसी एसिया बैंकको हकप्रद शेयर खरिद गर्नका लागि आवेदन दिने मिति बुधबारदेखि सकिँदैछ । बैंकले २५ प्रतिशत हकप्रद सेयर जारी गरेको छ । यसैगरी, सिटिजन्स बैंकले चुक्ता पुँजीको ५५ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ । बैंकको हकप्रद सेयर खरिदका लागि साउन ९ गतेभित्र फाराम बुझाइसक्नु पर्नेछ ।

कुन बैंकको कति हकप्रद आउँदै ?
हालसम्म सबैभन्दा धेरै बढी लक्ष्मी बैंकले चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ भने सबैभन्दा कममा हिमालयन बैंकको १४.२८ प्रतिशत छ । नेपाल एसबिआई बैंकले प्रिमियममा २ अर्ब ६० करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्ने निर्णय गरेको छ । नेपाल बगांलादेश बैंकले चुक्ता पुँजीको ८० प्रतिशत, सानिमा, कृषि विकास र माछापुच्छ्रे बैंकले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेका छन् । सनराइज, प्राइम, सेन्चुरी बैंकले चुक्ता पुँजीको ३० प्रतिशत तथा सिद्धार्थ र मेगा बैंकले २५ प्रतिशतको अनुपातमा हकप्रद सेयर जारी गर्दै छन् । नेपाल बैंकले २३.७४ प्रतिशत हकप्रद सेयर जारी गरेर चुक्ता पुँजी बढाउँदै छ । सनराइज बैंकले नारायणी नेसनललाई खरिद गर्ने प्रक्रिया सकिएपछि हकप्रदको अनुुपात बढाउने बताएको छ ।