Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

किन बढ्दैछ शेयर बजार ? हेर्नुस् आठ कारणहरु

admin २०७३ असार १४ गते
सेयर:

stockपछिल्लो समय नेप्से तीव्र गतिमा बढिरहेको छ । परिसूचक १७ सय माथि पुगेको छ भने दैनिकजसो अर्बमाथिको कारोबार हुने गरेको छ । मुलुको अर्थतन्त्रमा देखिएको विषम परिरिस्थतीको विपरीत दिशामा शेयर बजार गइरहेकाले यसप्रति सबैको चासो रहेको छ । बजार किन यसरी बढिरहेको छ र अब कहिलेसम्म यसरी बढिरहन्छ भन्ने विषयमा लगानीकर्ताको चासो रहेको छ । विगतदेखि नै लगानीकर्ताको मनोबलको स्तर राजनीतिक विकास क्रमसँग आकर्षित हुने गरेको पूँजी बजारमा देखिन्छ । समग्र अर्थतन्त्रमा परेको प्रतिकूल प्रभावको उल्टो असर पुँजी बजारमा देखिएको छ । यसरी शेयर बजार बढ्नुका कारणहरु यहाँ प्रस्तुत गरिन्छ : 

  • अहिलेको परिस्थिति पूँजीबजारको प्रतिफलले सबैलाई आकर्षित गर्ने खालको देखिएको छ । सामाजिक मनोविज्ञानसमेत शेयरमा पैसा लगानी गरे कमाउन सकिन्छ भन्ने विश्वास सर्वसाधारणलाई परेको छ । कारोबारको परिधि निश्चित तह र तप्काका व्यक्तिहरूबाट बाहिर निस्कन खोजेको छ, जुन जरुरी पनि छ ।  
  • अर्थतन्त्रलाई थला पारेको लामो समयसम्मको तराई बन्द र नाकाबन्दीको प्रभाव सकिएको अवस्थालाई शेयर बजारले क्याच गर्न खोजेको छ । 
  • भूकम्पको प्रभाव, कमजोर बजेट कार्यान्वयन अवस्था एवम् पुनर्निर्माणमा भइरहेको ढिलाइजस्ता कारणले पनि नेपाल सरकारको पूँजीगत खर्च कार्यान्वयन न्यून विन्दुमा झरेको छ । यसले अन्य लगानीका क्षेत्रहरू साँघुरिन जाँदा पुँजी बजार नै लगानीको केन्द्र बन्न पुगेको छ ।
  • राजनीतिक विकासक्रम समेत केही समययता बलियो सकारात्मक आधारका रूपमा खडा भएको छ । संविधान, बजेट लगायत विभिन्न ऐन तथा नीति नियमहरुले पनि बजारमा सकारात्मक प्रभाव छोडेका छन् । 
  • बजारको आवश्यकताअनुसारको प्रविधि विस्तार भएको छ । पूर्ण अभौतिक कारोबारको प्रयोग, त्यसप्रतिको विश्वासनीयता र सरोकारपक्षको प्रतिबद्धता नेप्से बुलिशको परिपूरक हो । प्रविधिको पछिल्लो प्रयोगले कारोबारका लागि लगानीकर्ताले पूरा गर्नुपर्ने अनेकन प्रकारका प्रक्रियाहरू सरल र सहज बनेको छ । साथै सूचनाको भरपर्दो संयन्त्रको विकास र लगानीकर्तालाई सूचनाको उपलब्धतामा भएको वृद्धिले अहिलेको अवस्थामा महत्त्वपूर्ण भूमिका खेलेको छ । सूचनाको उपलब्धताका लागि नेप्सेको मार्केट डेप्थ पछिल्लो प्रयोग हो ।
  • अनिवार्य अभौतिक शेयर कारोबारको व्यवस्थासँगै वाणिज्य बैङ्कहरूलाई शेयर दलाल, शेयर दलालहरूलाई मार्जिन ल्याण्डिड र डिलरशीपको तयारी गर्नु पनि बजारको विकासका सकारात्मक पक्षहरू हुन् । नेप्सेले जिल्लास्तरसम्म शेयर दलालहरूको पहुँच विस्तारमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुसमेत यसको प्रमाण हो । धितोपत्र बोर्डले समेत पछिल्लो समयमा बजार व्यवस्थित गर्न थप व्यवस्थित, पारदर्शी र विश्वसनीय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ । हुन त यो पनि आफैमा वस्तुगत तथ्य होइन तर नियमनकारी निकायको प्रतिबद्धता केही अर्थमा नीतिगत सबलता र आधारका रूपमा लिन सकिन्छ । 
  • बजारमा कारोबारका लागि सामूहिक लगानी कोषलगायत उपकरणसमेत थपिने क्रम जारी छ, जसले लगानीकर्ताको अपेक्षाअनुरूप बजारको प्रवृत्तिलाई टेवा दिन मद्दत गर्छ । साथै ठूला संस्थाहरूले समेत लगानी बढाउने दिशामा आफ्नो ध्येय कायम रहेको बुझाइले पनि केही हदसम्म लगानीकर्ताको मनोबल उच्च पारेको छ, जसको सकारात्मक टेवा बजारले पाएको छ ।
  • लामो समयसम्मको अस्थिरताले लगानीको ठूलो पूँजी स्थिर बनेको छ । तर, लगानीका अन्यत्रका विकल्पहरू स्पष्ट नाफा दिने हैसियतमा सतहमा नआउन्जेल लगानीका लागि शेयरको विकल्प देखिँदैन । 
ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।