Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बजारी हल्लाको पछि नलाग्नुस् : नेप्से

२०७३ असार १४ गते
सेयर:

nepseसोमबार नेप्से परिसूचक ऐतिहासिक उचाइमा पुगेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले लगानीकर्तालाई संयमता अपनाउन आह्वान गरेको छ । नेप्सेले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै लगानीकर्तालाई हल्लाको भरमा नभई सम्बन्धित कम्पनीको आधारभूत र प्राविधिक विश्लेषण गरेर मात्र शेयरमा लगानी गर्न आग्रह गरेको हो ।

नेप्सेद्धारा जारी विज्ञप्तीमा भनिएको छ :
मुलुकको आर्थिक गतिविधी तथा नीति नियमले कम्पनीको क्रियाकलापमा प्रभाव पार्ने हुदा यसले शेयर मूल्यमा पार्न सक्ने प्रभावलाई पनि लगानी कर्ताले ध्यान दिनुपर्छ । लगानीसम्बन्धि निर्णय गर्दा प्राविधिक विश्लेषणका साथै आधारभुत विश्लेषण नगर्दा जोखिम धेरै हुन्छ । त्यसैले यस्ता विश्लेषणहरु गरी लगानी सम्बन्धी निर्णय गरेमा मात्र प्राईस ईज द फंसन अफ इन्फरमेशन भन्ने भनाई सार्थक हुन्छ । सूचिकृत धितोपत्रहरुमा रहने जोखिम नाफा, सुरक्षा, तरलता जस्ता गुणहरुको विश्लेषगरि खरिद वा बिक्री गर्न, हल्लाको भरमा नलागि सत्य तथ्थ सूचनाको आधारमा कारोबार गर्न र बजारमा चलेको हल्लालाई पुष्टि गरेर मात्र लगानीसम्बन्धि निर्णय गर्न सम्बन्धीत सबैमा अनुरोध छ ।

हेर्नुस् नेप्सेद्धारा जारी विज्ञप्ति जस्ताको तस्तै :

nepse