Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

को आउला आरबीआईमा नयाँ गभर्नर बनेर ? सर्टलिष्टमा यी ४ जना

२०७३ असार १३ गते

rbiभारतको केन्द्रिय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबिआई)का गभर्नर रघुराम राजनको कार्याकाल सकिने मिती नसिजकिँदै गर्दा 'नयाँ गर्भनर को हुने ?' भन्ने विषय यति बेला चर्चाको शिखरमा पुगेको छ । यसअघि उनीलाई नै अर्को कार्यकाल दिने भनिएपछि राजन आफैँले सो प्रस्ताव अस्विकार गरेपछि भारतीय सरकारले  आगामी गभर्नरका लागि चार जनाको नाम सर्टलिष्ट गरेको छ । सुचीमा बर्तमान डेपुटी गभर्नर, पूर्व डेपुटी गभर्नर, अर्थशास्त्री र भारतकै सबैभन्दा ठूलो बाणिज्य बैंककी प्रमुखसम्म रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । बर्तमान गभर्नर रघुराम राजनको तीन बर्षे कार्यकाल सेप्टेम्बरमा पुरा हुँदैछ ।