बेलायत युरोपेली संघबाट अलग हुने भएपछि गत शुक्रबार एकै दिन सुन तोलामा ३००० रुपैयाँले बढेको थियो । मूल्य बढेकै कारण व्यवसायीले कारोबार नै बन्द गरेका थिए । आइतबार पाँच सय रुपैयाँ सस्तिएपनि कारोबार हुन सकेको थिएन ।
सुनको भाउ बढेपनि चाँदीको भाउ भने स्थिर रहेको छ । महासंघका अनुसार सोमबार चाँदी तोलामा ८ सय १५ रुपैयाँका दरले कारोबार भइरहेको छ । यसअघि आइतबार पनि चाँदीको कारोबार सोही मूल्यमा भएको थियो ।