November 29th, 2019

चौतारी लघुवित्तको २ दिने कुखुरा पालन तालिम सम्पन्न

बैंकिङ खबर । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय ठुठिपिपलले २ दिने कुखुरा पालन तालिम सम्पन्न गरेको छ । संस्थाले शाखा कार्यालय ठुठिपिपल, रुपन्देहीमा आबद्ध सदस्यहरु मध्ये ४० जनालाई निःशुल्क रुपमा कुखुरा पालन तालिममा कुखुरामा लाग्ने रोग तथा यसबाट गर्ने रोकाथाम तथा दाना र चल्लाको बारेमा प्रदान गरेको हो । सो तालिमका प्रशिक्षक संस्थाका कर्मचारी मधुसुदन अधिकारी हुनुहुन्थ्यो ।
तालिम कार्यक्रमलाई उद्धघाटन गर्दै ठुठिपिपल शाखाकी शाखा प्रबन्धक निरा देवीपन्थले संस्थाले संचालन गर्ने यस्ता तालिमहरुले ग्राहक सदस्यहरुलाई उपभोगमुखीमात्रै नभई उत्पादनमुखी हुने र वित्तिय आवश्यक्ताहरु पुरा गर्न ग्राहक दिदिबहिनीहरुलाई सहजता हुने विश्वास लिनुभयो ।
कुखुरा पालन कार्यक्रमको समापनमा बोल्दै अनुगमन अधिकृत कृष्णबहादुर चौधरीले आउदा दिनमा तालिम लिएका सदस्यहरुको घरधैलो कार्यक्रम गरि तालिममा भनिएका ज्ञान तथा सिप प्रयोगको बारेमा तथ्याङ्क लिने बताउनुभएको थियो । उहाले सदस्यलाई यो तालिमलाई तालिमको रुपमा नलिई ब्यवाहारिक रुपमा प्रयोग गर्न आग्रह गर्नुभएको थियो । हाल संस्थाले १५ वटा जिल्लामा ५७ शाखा कार्यालयहरु मार्फत करीब ४६ हजार ६ सय भन्दाबढी सदस्यहरुलाई वित्तीय सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउदै आएको छ । संस्थाको हालसम्म करीब १ अर्ब ६६ करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट करीब ५५ करोड ४७ लाख भन्दा बढी निक्षेप संकलन गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]