Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

ग्लोबल आईएमई र जनता बैंकलाई मर्जरको अन्तिम स्वीकृति

२०७६ मंसिर १२ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले ग्लोबल आईएमई र जनता बैंकलाई मर्जरमा जान बुधबार अन्तिम स्वीकृति दिएको छ । अब छिटै यी दुई बैंकले एकीकृत कारोबार सुरु गर्नेछन् । यो मर्जरपछि ग्लोबल आईएमई बैंक सबैभन्दा धेरै चुक्तापुँजी भएको बैंक बन्नेछ ।

हाल ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख १६ हजार रुपैयाँ रहेको छ । बैंकले १२.७५ प्रतिशत बोनस शेयर दिँदैछ, जसपश्चात् चुक्ता पुँजी ११ अर्ब ६२ करोड ५१ लाख छ हजार ७९० रुपैयाँ पुग्ने छ । त्यस्तै, आठ अर्ब सात लाख ८५ हजार आठ सय रुपैयाँ चुक्तापुँजी रहेको जनता बैंकले छ प्रतिशत प्रतिशत बोनस शेयर दिएर आठ अर्ब ४८ करोड आठ लाख रुपैयाँ चुक्ता पुँजी पुर्याउँदैछ । मर्जरपछि ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी १९ अर्ब रुपैयाँ पुग्ने छ ।

Ad