Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

के हो रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (आरटिजिएस) ? कसरी हुन्छ भुक्तानी ?

२०७६ मंसिर ११ गते

बैंकिङ खबर । रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम अर्थात आरजीटीएस एउटा बैंकबाट अर्को बैंकमा तुरुन्तै रकम भुक्तानी गर्ने प्रणाली हो । यो सिस्टममा एक व्यक्ति वा संस्थाले अर्को व्यक्ति वा संस्थालाई रकम भुक्तानी गर्नुपरेको खण्डमा भुक्तानी गर्नेले सामान्यः फारम भरेर रकम भुक्तानीका लागि आग्रह गरेपछि पाउनेले एकै क्षणमा बैंक खातामा भुक्तानी पाउँछ । तुरुन्तै भुक्तानी हुने भएकाले यसलाई रियल टाइम ग्रस सेटलमेन्ट भनिएको हो।

उदाहरणका रुपमा, ‘ए’ नामको व्यक्तिले ‘बी’लाई १० लाख रुपैयाँ तिर्नुपर्नेछ। अब ‘ए’ले आफ्नो खाता भएको बैंकको शाखामा गई सामान्यः रिक्वेस्ट फारम भर्नुपर्नेछ। जुन फारममा बीको नाम, बैंक खाता, भुक्तानी रकम भरेर बुझाउनुपर्नेछ। फारम बुझाएलगत्तै ‘बी’ले आफ्नो बैंक खातामा रकम प्राप्त गर्दछ। यस प्रणालीले चेकको क्लियरिङ गर्नुपर्ने झन्झट हुँदैन । चेकको क्लियरिङ गर्नुपर्दा भुक्तानीका लागि एक दिनभन्दा बढी लाग्थ्यो भने आरजीटीएसमा तुरुन्तै भुक्तानी हुन्छ । बैंकहरुको चेक छपाईमा लाग्ने खर्च पनि बच्छ ।

समय, पैसा र झन्झट समेत कम हुने भएकाले नेपालमा पनि आरजीटीएसको सुरुवात गरिएको छ । २० लाखमाथिको कारोबारमा यो प्रणाली अनिवार्य गरिएको छ । दुई लाखमाथिको कारोबार आरजीटीएसबाट गर्न थालिएको छ । अहिले वाणिज्य बैंकहरुमा अनिवार्य गरिएकोमा छिटै विकास बैंक र फाइनान्समा पनि अनिवार्य गँिदैछ ।