विश्व बैंकले नेपालमा गरीबहरुको संख्या उल्लेख्य रुपमा घटेको तथ्यांक सार्वजनिक गरेको छ । रेमिट्यान्सको जोखिमबारे नेपालको विवरण सार्वजनिक गर्दै विश्व बैंकले नेपालमा गरीबको संख्या १४.९ प्रतिशतमा झरेको जनाएको हो । विश्व बैंकले केही निश्चित खाद्य तथा उपभोगका बस्तुहरुलाई लिएर नेपालमा त्यो प्राप्त गर्न कति लाग्छ र अमेरिकामा कति लाग्छ भनेर तुलनात्मक अध्ययन गर्छ । त्यसैका आधारमा पिपिपी तयार हुन्छ । यसलाई आधार मानेर विश्व बैंकले पछिल्लो समय नेपालमा गरीबको संख्या ह्वात्तै घटेको तथ्यांक सार्वजनिक गरेको हो ।
- पर्चेजिङ पावर प्यारेटि (पिपिपी) अनुसार नेपालमा गरीबको संख्या घटेको उसको तर्क छ ।
- रेमिट्यान्सका कारण नेपालीहरुको जीवनस्तरमा आएको सुधारले गरीबी घटेको विश्व बैंकको ठहर छ ।
- विश्व बैंकले नेपालीले खर्च गर्ने क्षमताका आधारमा गरीबी घटेको जनाएको छ ।