२०७३ असार १२ गते

पीडितको आँगनमा पुगेनन् बैंकहरु ,‘घर कहिले बनाउने’ चिन्तामा पीडित

bhukampamamarneआवास निर्माणका लागि अनुदान उपलब्ध गराउने भनिएका बैंकहरु भूकम्प प्रभावित जिल्ला काभ्रेका ग्रामिण क्षेत्रमा अझै पुग्न सकेका छैनन । जिल्लाको विकट गाविसहरूमा भन्दा पनि सदरमुकामबाट नजिक र यातायातको सुविधा भएका स्थानमा मात्र बैङ्कहरू तोकिएका छन् । यातायात नपुगेका डाँडापारि तथा कोशीपारिका गाविसका लागि बैङ्क पुग्न नसकेका हुन् ।  भूकम्प पीडितलाई अनुदान रकम वितरण गर्न जिल्लाका २७ गाविसमा बैङ्कहरू तोकिएका छन् । जिल्लामा ७५ गाविस र ५ नगरपालिकामध्ये २७ वटा गाविसका नाम तोकेर भूकम्पपीडितलाई अनुदान रकम उपलब्ध गराउन बैङ्क आएको जिल्ला विकास समिति काभे्रका अनुगमन, मूल्याङ्कन तथा योजना अधिकृत द्योलकप्रसाद ढकालले जानकारी दिए ।  २७ गाविसमा कुन बैङ्कले खाता खोल्ने भन्ने सूूची मात्र जिल्ला विकासमा आएको जानकारी दिँदै ढकाल अन्य गाविसको बारेमा जानकारी आइ नसकेको बताए ।  जिल्लामा हाल सञ्चालनमा रहेका २९ बैङ्क तथा २ वटा फाइनान्सलाई भूकम्प पीडितका लागि अनुदान रकम वितरणको जिम्मा दिइएको छ । लामो समयदेखि बैङ्क नतोकिँदा सम्झौता भएर पनि रकम पाउन नसकेका पीडितले अव भने छिटै राहत पाउने आशा व्यक्त गरेका छन् । दुर्गम गाउँका पीडितले भने यो सेवालिन अझै केही समय पर्खनुपर्ने अवस्था रहेको ढकाल बताउँछन् ।   

अनुदान दिन कस्तो प्रगति भयो त ?

जिल्लामा भूकम्पपीडित अनुदान रकम सम्झौता सुरु भएको छ । गाविस सचिवहरू मार्फत प्रत्येक गाविसहरूमा अनुदान रकम सम्झौता सुरु भएको हो । जिल्ला विकास समिति काभे्रले प्रत्येक गाविसमा भूकम्पपीडित अनुदान सम्झौता गर्न सचिव पठाइसकेको जनाएको छ । पूर्वतयारीविना नै जिल्ला विकास समितिले गाविस सचिवहरूलाई अनुदान सम्झौता गर्न पठाएको सचिवहरूको गुनासो छ ।  ‘जेसुकै होस्, जसरी हुन्छ सम्झौता गरेर आउनु भनेर पठाएको छु’ एक गाविस सचिवले नाम नछाप्ने शर्तमा भने ।  सचिवहरूलाई गुनासो फारमसहित गाउँगाउँमा पठाएको भए पनि उनीहरूलाई चाहिने जनशतिm नपठाउँदा कार्यबोझ थपिएको सचिवहरूको गुनासो छ । वर्षा सुरु भएसँग अनुदान रकम सम्झौता गरिएको भए पनि पीडितहरूको बैङ्क खाता भने खुलेको छैन । जिल्ला विकास समिति काभे्रपलाञ्चोकका स्थानीय विकास अधिकारी रामकृष्ण उप्रतीले भने, ‘अब सबै गाविस र नगरपालिकामा सम्झौता हुन्छ र काम अगाडि बढ्छ ।’  शुक्रबारसम्ममा ५ हजार ५ जनाले सम्झौता गरेको र २ हजार ९७० गुनासो आएको जिल्ला विकास समितिका प्रशासकीय अधिकृत ढकालले जानकारी दिए ।   

सम्झौता नगर्ने गाविसहरु

जिल्लाका ९ गाविसबाट वास्तविक पीडितको नाम नआएसम्म सम्झौता गर्न नदिने भन्दै जिल्ला विकासमा दलहरूले पत्र बुझाएका छन् ।  गाविसमा क्रियाशील रहेका दलहरूले संयुतm रूपमा पत्र लेखी वास्तविक पीडितको नाम समावेश नभएसम्म सम्झौता हुन नसक्ने भन्दै पत्र बुझाएका हुन् ।  जिल्ला विकास समितिका प्रशासकीय अधिकृत ढकालले ९ गाविसबाट दलहरूको बैठकको निर्णयसहित पत्र आएको बताए । उनका अनुसार सस्युर्खक, पोखरीनारायण स्थान, मादनकुँडारी, खरेपाँगु, पोखरीचौरी, गोकुले, चलालगणेश स्थान, नाग्रे्रर्चे र चौवासबाट यस्तो पत्र आएको हो ।