Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

तोलाको ५८ हजार ५ सयमा झर्यो  सुनको भाउ

२०७३ असार १२ गते

goldआइतबार सुनको भाउ तोलामा पाँच सय रुपैयाँले सस्तिएको छ । सुन आतइबार तोलाको ५८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।शुक्रबार एकै दिन तोलामा तीन हजार रुपैयाँले बढेर तोलाको ५९ हजार रुपैयाँ पुगेको थियो । महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार भूकम्पपछिको पुननिर्माण र शेयर बजार उकालो लागेकाले सुन कारोबार निकै कम छ । शुक्रबार एकैदिन सुनको भाउ तोलामा तीन हजार रपैयाँ बढेपछि बिक्रि गर्ने बढेका पनि उनले बताए । त्यस्तै आइतबार चाँदीको भाउ पनि पाँच रुपैयाँले घटेर तोलाको ८ सय १५ रुपैयाँमा किनबेच भैरहेको छ ।