४ वटा कम्पनिले कुल ३७ हजार ३२ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले एउटा बीमा कम्पनी, २ वटा विकास बैंक र एउटा फाइनान्सलाई पछिल्लो पटक हकप्रद शेयर निष्काशनको अनुमती दिएको छ । सुर्या लाइफ इन्स्योरेन्स, कसमस डेभलपमेन्ट बैंक, अल्पाइन डेभलपमेन्ट बैंक र युनाइटेड फाइनान्सले हकप्रद निष्काशनका लागि अनुमति पाएका हुन् ।
कुन कम्पनिको कति हकप्रद आउँदै ?
हकप्रद शेयर निष्काशनको अनुमती बोर्ड अनुमति दिएका कम्पनिहरुमध्ये कसमस डेभलपमेन्ट बैंकले १ बराबर १ अर्थात शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको छ । ५ करोड ३ लाख १२ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कसमस डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ९३ लाख ३० हजार रुपैंया खुद नाफा कमाएको छ ।
अल्पाइन डेभलपमेन्ट बैंकले ३ बराबर २.०८४ कित्ताका दरले हकप्रद शेयर निष्काशन गर्न लागेको छ । ११ करोड ८० लाख रुपैंया चुक्ता पूँजी रहेको अल्पाइन डेभलपमेन्टले चैत मसान्तसम्ममा २ करोड ४१ लाख ३५ हजार रुपैंया खुद नाफा गरेको छ ।
त्यस्तै, सुर्या लाइफ इन्स्योरेन्सले ४ बराबर १ अर्थात २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्दैछ । ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको सुर्या लाइफ इन्स्योरेन्स कम्पनीले गत चैत मसान्तसम्मा ७९ लाख ९ हजार रुपैंया खुद नाफा कमाएको छ ।
त्यसैगरी युनाइटेड फाइनान्सले ४ बराबर १ अर्थात २५ प्रतिशत हकप्रद निष्काशन गर्दैछ । फाइनान्सले चैत मसान्तसम्ममा ७ करोड ४३ लाख रुपैंया खुद नाफा कमाएको छ । प्रतिशेयर आम्दानी २१ रुपैंया ३८ पैसा रहेको फाइनान्सको चुक्ता पूँजी ४६ करोड ३९ लाख ३५ हजार रुपैंया रहेको छ ।