June 24th, 2016

तोलाको ५९ हजार पुग्यो सुन भाउ, एकैदिन बढ्यो ३ हजार, हेर्नुस् कस्तो रह्यो साताभर ?

goldसाताको अन्तिम दिन शुक्रबार एकैदिनमा सुनको भाउ तोलाको ३ हजार रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला ५६ हजार रुपैयाँमा किनबेच भएको छापावाल सुन शुक्रबार प्रतितोला ५९ हजार रुपैयाँमामा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै विहीबार ५५ हजार ७ सय ५० रुपैयाँमा किनबेच भएको तेजावी सुन शुक्रबार प्रतितोला ५८ हजार ठ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । 

साताभर सुनको भाउ घट्ने र बढ्ने भइरह्यो । साताको पहिलो दिन ४ सय रुपैयाँले महँगिएर छापावल सुन तोलाको ५७ हजार रुपैयाँ र तेजावी सुन तोलाको ५६ हजार ७ सय ५० रुपैयाँका दरले कारोबार भएको थियो । सोमबार २ सय रुपैयाँ सस्तिँदै छापावाल सुन तोलाको ५६ हजार ८ सय र तेजावी सुन तोलाको ५६ हजार ५ सय ५० रुपैयाँका दरले कारोबार भयो । मंगलबार स्थिर रहेको सुनको भाउ बुधबार ३ सय रुपैयाँले घटेर छापावाल सुन तोलाको ५६ हजार ५ सय र तेजावी सुन तोलाको ५६ हजार २ सय ५० रुपैयाँका कारोबार भयो । त्यस्तै, विहिबार पनि सुनको मूल्य गिरावटको क्रम नै जारी रह्यो । विहिबार तोलाको ५ सय रुपैयाँका दरले घटेर छापावाल सुनको भाउ ५६ हजार र तेजावी सुनको भाउ ५५ हजार ७ सय ५० रुपैयाँ कायम भयो । शुक्रबार एक्कासी ३ हजार रुपैयाँ प्रतितोलाका दरले बढ्दै छापावाल सुनको भाउ तोलाको ५९ हजार र तेजावी सुनको भाउ तोलाको ५८ हजार ७ सय ५० रुपैयाँ कायम भयो । यस हिसाबले हेर्दा गत साताको तुलनामा यस साता सुनको भाउ २ हजार ४ सय रुपैयाँ महँगिएको छ । 

चाँदीको भाउ पनि विहीबार एकै दिन तोलाको ३० रुपैयाँका दरले बढेर ८ सय २० रुपैयाँ प्रतितो पुगेको महासंघले जनाएको छ । साताभरमा चाँदीको भाउ तोलाको २५ रुपैयाँका दरले महँगिएको छ ।