Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

निक्षेप संकलन बढाउन नसकेपछि बैंकहरुले अपनाए यस्तो उपाय

२०७३ असार १० गते

banking२९ ओटा वाणिज्य बैंकले चालू आर्थिक वर्षको गत जेठसम्ममा १३ खर्ब २७ अर्ब कर्जा लगानी गर्न गरेका छन् । वाणिज्य बैंकहरुले गत वर्षको तुलनामा ४६ अर्ब बढी लगानी गरेका हुन् । जेठको अन्तिम सातामा मात्रै वाणिज्य बैंकहरुको कर्जा लगानी ११ अर्बले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो तथ्यांक आजसम्मकै उच्च हो । 

बैंकहरूको प्राथमिक पूँजीबाहेकको निक्षेपसँगको तुलनामा कर्जा अनुपात ८० प्रतिशतभन्दा केही बढी पुगेको छ । जेठको अन्तिम १ सातामा निक्षेप सङ्कलन भने ३ अर्बले मात्र बढेको छ । यससँगै बैङ्कहरूको निक्षेप सङ्कलन भने १६ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । 

निक्षेप धेरै संकलन हुन नसकेपछि बैङ्कहरूले मुद्दती निक्षेपको कर्जा बढाउन थालेका छन् । अहिले मुद्दती निक्षेपको ब्याजदर ७ प्रतिशतसम्म पुगेको छ । अल्पकालीन प्रकृतिको कर्जाको ब्याजदर पनि बढेर ६÷७ प्रतिशतको हाराहारीमा पुगेको छ ।