June 24th, 2016

निक्षेप संकलन बढाउन नसकेपछि बैंकहरुले अपनाए यस्तो उपाय

banking२९ ओटा वाणिज्य बैंकले चालू आर्थिक वर्षको गत जेठसम्ममा १३ खर्ब २७ अर्ब कर्जा लगानी गर्न गरेका छन् । वाणिज्य बैंकहरुले गत वर्षको तुलनामा ४६ अर्ब बढी लगानी गरेका हुन् । जेठको अन्तिम सातामा मात्रै वाणिज्य बैंकहरुको कर्जा लगानी ११ अर्बले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो तथ्यांक आजसम्मकै उच्च हो । 

बैंकहरूको प्राथमिक पूँजीबाहेकको निक्षेपसँगको तुलनामा कर्जा अनुपात ८० प्रतिशतभन्दा केही बढी पुगेको छ । जेठको अन्तिम १ सातामा निक्षेप सङ्कलन भने ३ अर्बले मात्र बढेको छ । यससँगै बैङ्कहरूको निक्षेप सङ्कलन भने १६ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । 

निक्षेप धेरै संकलन हुन नसकेपछि बैङ्कहरूले मुद्दती निक्षेपको कर्जा बढाउन थालेका छन् । अहिले मुद्दती निक्षेपको ब्याजदर ७ प्रतिशतसम्म पुगेको छ । अल्पकालीन प्रकृतिको कर्जाको ब्याजदर पनि बढेर ६÷७ प्रतिशतको हाराहारीमा पुगेको छ ।