Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

ज्योति विकास बैंकमा रोजगारीको अवसर नयाँ कर्मचारीलाई समेत मौका

२०७६ आश्विन ३० गते

स्मारीका अग्रवाल । बैंकिङ खबर । ज्योति विकास बैंकले काठमाडौं उपत्यकाभित्र र बाहिर गरेर विभिन्न पदमा ५० जना कर्मचारीका लागि आवेदन खुलाएको छ । बैंकले म्यानेजमेन्ट लेवल र जुनियर असिस्टेन्ट तहमा कर्मचारीको माग गरेको हो ।
यसको अन्तिम म्याद भने कात्तिक १३ गते बुधबारसम्म रहेको छ ।
बैंकले म्यानेजमेन्ट र जुनियर असिस्टेन्ट तहमा नयाँ कर्मचारीलाई समेत आवेदनका लागि अवसर दिएको छ । जसमा म्यानेजमेन्ट ट्रेनी १० जना र जुनियर असिस्टेन्ट ट्रेनीतर्फ ४० जनाको माग गरेको छ ।
यसमा म्यानेजमेन्ट ट्रेनी पदमा ३० वर्ष नकटेका एवं व्यवस्थापन, वित्त, अर्थशास्त्र वा यस्तै विषयमा स्नातकोत्तर गरेकाले आवेदन दिन सक्नेछन्, भने जुनियर ट्रेनी असिस्टेन्ट पदमा अर्थशास्त्र, व्यवस्थापन वा यस्तै विषयमा स्नातक गरेका २८ वर्ष मुनिकाले आवेदन दिन पाउने बैंकले जानकारी दिएको छ ।
आवेदनका लागि htpps://www.growthsellers.com/job/detail/6608 मा क्लिक गर्न सकिनेछ ।

Ad