नेपाल लाइफ इन्स्योरेन्स कम्पनिमा जागीर खुलेको छ । कम्पनिमा चार्टर्ड एकाउन्टेन्ट, रिजनल मेनेजर, ब्रान्च इन्चार्ज र लिगल अफिसरका लागि जागीर खुलेको हो । कम्पनिले चार्टर्ड एकाउन्टेन्टका लागि चार्टर्ड एकाउन्टेन्ट विषयमा डिग्री हासिल गरेको, रिजनल मेनेजरका लागि मेनेजमेन्ट या सम्बन्धित विषयमा स्नातकोत्तर गरेको, ब्रान्त इन्चार्जको लागि सम्बन्धित विषयमा स्नातक गरेको र लिगल अफिसरका लागि कानुन विषयमा स्नातक गरेको र लाइसेन्सप्राप्त भएको हुनुपर्ने बताएको छ । त्यस्तै, रिजनल मेनेजरका लागि व्यवस्थापकीय तहमा रहेर ८ वर्षको काम गरेको हुनेपर्ने बताइएको छ । सो अनुभव बिमा क्षेत्रबाट नै लिएकोलाई बढी मान्यता दिइने बताइएको छ । त्यस्तै, ब्रान्च एन्चार्जका लागि पनि कम्पनिले ५ वर्ष काम गरेको अनुभव हुनुपर्ने बताएको छ । सबै पदका लागि अनुभवीलाई प्राथमिकतामा राखिने कम्पनिले जनाएको छ । योग्यता पुगेका र इच्छुक व्यक्तिले एक प्रति निवेदनको साथमा आफ्नो वायो डाटा vacancy@nepallife.com.np मा पठाउनुपर्नेछ । जागीरका लागि आवेदन दिने अन्तिम मिती ६ जुलाई अर्थात असार २२ गते रहेको छ ।