Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

प्रलोभनमा परेर ‘बैंकरले प्रकृया पुरा नगरी कर्जा दिएको’ सम्पत्ति शुद्धिकरणको आशंका

२०७६ आश्विन १५ गते

बैंकिङ खबर । बैंकहरुले प्रकृया पुरा नगरी कर्जा दिएको अनुमान सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागको आशंका रहेको छ । केही बैंकरहरुमाथि विभागले अनुसन्धान सुरु गरेको छ । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले बैंकका प्रमुख कार्यकारी अधिकृत तथा कर्जा शाखामा कार्यरत उच्च पदस्थ कर्मचारीहरुको सम्पत्ति छानविन गर्नुको मुख्य कारण प्रकृया पुरा नगरी प्रलोभनमा परेर कर्जा दिएको हुन सक्ने अनुममान छ । यस्तो कार्य आफन्तवाद वा मोटो रकम असुलीमा हुनसक्ने विभागको आशंका रहेको विभागका एक उच्च अधिकारीले बताएका छन् । थुप्रै बैंकर्सविरुद्ध प्रक्रिया पुरा नगरी ऋण दिएको, त्यसवापत मोटो रकम लिएको सम्पत्ति शुद्धिकरणमा विभिन्न उजुरीहरु परेको बताइएको छ । हेर्दा चिटिक्क टाईसुटमा सजिएको दैनिकी अनि आकर्षक सेवासुविधा र सुरक्षित भविष्य । यही देखेर बैंकिङ करिअरतर्फको आकर्षण अत्याधिक बढेको छ । बैंक तथा वित्तीय संस्थामा प्रवेश गर्नेवित्तीकै आर्थिक हैसियत उकासिने भएकाले पनि यसको आकर्षण अझ बढ्दो छ । अन्य पेसा तथा व्यवसायका तुलनामा बैंकको जागिर सानै पद भए पनि जीवनयापन गर्न थप संघर्ष गर्नु नपर्ने बैंकका जागिरेहरूको अनुभव छ ।

तर, बैंकमा पुगेपछि आफ्नो पदको दुरुपयोग गर्नेहरुको पनि कमी छैन । बैंक भनेको सर्वसाधारणहरुको पैसाको सुरक्षा गर्ने र लगानी गर्ने संस्था हो । यस्तो संवेदनशील संस्थामा रहेका कर्मचारीहरुले कहिलेकाही वित्तीय अनुशासन गुमाउँदा बैंकिङ क्षेत्रप्रतिको विश्वास नै डगमगाउने खतरा हुन थालेको छ । पछिल्लो समयमा त बैंकका कर्मचारी मात्र नभएर संचालक एवम् सीईओहरु नै यस्ता घटनामा संलग्न रहेको खुल्न थालेको छ ।

नेपालका बैंकरहरुले वार्षिक झन्डै दुई करोड तलब भत्ता पाउँछन्, जुन अन्य जागीरको तुलनामा निकै आकर्षक हो । तर, पनि केही बैंकरहरुलाई कर्जाको दुरुपयोग गरी अवैध सम्पत्ति कमाएको आरोप लाग्ने गरेको छ । हालै बैंक अफ काठमाण्डूका पूर्व सीईओ अजय श्रेष्ठमाथि नै बैंकिङ कसुरको मुद्धा दायर भएको छ । उनीमाथि नक्कली धितोमा ऋण दिएको आरोप छ ।

यसरी नै कानुन विपरीतका कार्य गरी पैसा कमाएको घटनामा बैंकरहरु नै संलग्न रहेको खुल्न थालेपछि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओहरु)का साथै कर्जा शाखामा कार्यरत उच्च पदस्थ कर्मचारीहरुको सम्पत्ति नै छानबिन गर्न थालेको छ । विभागका अनुसार थुप्रै बैंकर्सविरुद्ध प्रक्रिया पुरा नगरी ऋण दिएको, त्यसवापत मोटो रकम लिएर सम्पत्ति शुद्धिकरण गरेको भन्दै उजुरी परेको छ । सोही उजुरीका आधारमा विभागले तलब, बोनस, पहिलेको र अहिलेको सम्पत्ति लगायतका विषयमा अनुसन्धान गरिरहेको छ ।

नेपालमा सबैभन्दा धेरै तलब हुने भनेकै बैंकका सीईओहरुको हो । त्यसमाथि कर्जाको रकमको आकारअनुसर कर्जा स्वीकृत गर्ने अधिकार बैंकसँग हुन्छ । कर्जा स्वीकृत बैंकका अधिकारीहरुले व्यवसायीहरुसँग अनुचित लाभ खोज्ने गरेको आरोप लाग्ने गरेको छ । बैंकका सीईओहरु भने यस्तो आरोप पुष्टी नभएको बताउँदै आएका छन् ।