Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंक १.३९ अर्ब मुद्दती निक्षेप दिँदै

२०७६ आश्विन १५ गते

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रू. १ अर्ब ३९ करोड ४२ लाख निक्षेप लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले आप्mनो विभिन्न कोषमा रहेको रकम १ वर्षे मुद्दती निक्षेपका रूपमा त्रैमासिक रूपमा ब्याज भुक्तानी हुनेगरी लगानी गर्न लागेको हो । राष्ट्र बैंकले उक्त रकम कात्तिक १ गतेदेखि २०७७ कात्तिक ३० गतेसम्मका लागि मुद्दती निक्षेपका रूपमा राख्न लागेको हो । केन्द्रीय बैंकले वाणिज्य बैंकहरूमा रू. १ अर्ब ११ करोड ५४ लाख मुद्दती निक्षेपका रूपमा लगानी गर्ने भएको छ । यसैगरी राष्ट्रिय स्तरका विकास बैंकमा रू. २० करोड ९१ लाख र वित्त कम्पनीमा रू. ६ करोड ९७ लाख मुद्दती निक्षेपका रूपमा लगानी गर्न लागेको हो । आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार 

Ad