June 23rd, 2016

६ वटा वित्तीय संस्था एकआपसमा गाभिँदै

merger६ वटा वित्तीय संस्था एकआपसमा गाभिने भएका छन् । नेपाल क्रेटिड एण्ड कर्मश बैङ्क, इण्टरनेशनल डेभलपमेण्ट बैङ्क, इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैङ्क, कुमारी बैङ्क, सुप्रिम डेभलपमेण्ट बैङ्क र एपेक्स डेभलपमेण्ट बैङ्क एकआपसमा गाभिन लागेका छन् । यी संस्थाहरुको मर्जरसम्बन्धि प्रस्ताव पारित गर्नका लागि नेपाल क्रेटिड एण्ड कर्मशको विशेष साधारणसभा असार २९ गते होटल निर्वाणाको सभाहल, पक्लिहवा रोड रुपन्देहीमा हुँदै छ ।  त्यस्तै, इण्टरनेशनल डेभलपमेण्ट बैङ्क लिमिटेडको विशेष साधारण सभा असार २८ गते मेत्री हल इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वर, काठमाडौंमा हुँदै छ भने इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैङ्क लिमिटेडको विशेष साधारण सभा असार २८ गते लैनचौर ब्याङ्क्वेट, काठमाडौंमा हुँदै छ ।