Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

१० अर्ब रुपैयाँको साधारण शेयर विक्रि गर्दै पेप्सीको

२०७३ असार ९ गते

pepsicoबरुण वेभरेजको सफ्ट ड्रिङक्स पेप्सीको भारतीय फ्रेन्चाइले १० अर्ब रुपैयाँबराबरको साधारण सेयर निष्काशन गर्ने भएको छ । सर्वसाधारणका लागि १ करोड ५० लाख कित्तासँगै संस्थापकहरु बरुण जयपुरिया र रवि कान्त एन्ड सनको नाममा रहेको ५० लाख कित्ता सेयरसमेत बिक्री गर्ने कम्पनीले जनाएको छ । साथै ५ प्रतिशत सेयर कर्मचारीलाई पनि छुट्ट्याएको कम्पनीले जनाएको छ । 

कम्पनीले साधारण सेयर तथा संस्थापक सेयरलाई सर्वसाधारणमा बिक्री गरी पुँजी संकलन गर्न लागेको हो । कम्पनीको भारतस्थित कार्यालयले सर्वसाधारणबाट पुँजी संकलन गर्न भारतीय पुँजी बजार नियामक सेक्युरिटीज बोर्ड अफ इन्डियामा पहिलो चरणको कागजातसहित आवेदन दिएको छ । 

आरके जयपुरीया समूहले सुरु गरेको बरुण वेभरेज कार्बोनेटेड सफ्ट ड्रिङक्स बनाउने मुख्य फ्रेन्चाइ कम्पनी हो । कम्पनीले नन कार्बोनेटेड बेभरेजहरु पनि उत्पादन गर्छ । कम्पनीको टे«ड मार्क पेप्सीको छ । कम्पनीले पेप्से, सेबेन अप, इभरेभेस सोडा, ट्रोपिकाना सलाइस र पिउने पानी उत्पादन गर्छ ।