Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

अजय श्रेष्ठ पक्राउ प्रकरण : महान्यायधीवक्तालाई भेट्दै बैंकर्स संघ

२०७६ आश्विन ८ गते

बैंकिङ खबर । बैंक अफ काठमाण्डूका पूर्वसीईओ अजय श्रेष्ठमाथि बैंकिङ कसुरको अभियोग लागेको प्रति बैंकर्स संघल् आपत्ति जनाएको छ । संघको मंगलबार बसेको पूर्ण बैठकले श्रेष्ठको पक्राउबारे छलफल गर्दै महान्यायधिवक्ता अग्नि खरेललाई भेटेर हिरासतमा नराखी अनुसन्धान गर्न आग्रह गर्ने निर्णय गरेको छ ।

श्रेष्ठलाई प्रहरीले साढे चार करोड ऋणको दुरुपयोग गरेको आरोपमा पक्राउ गरेको थियो । यस प्रकरणमा प्रहरीले बैंकका बहालवाला र पूर्व कर्मचारीसहित संलग्न ११ जनालाई पक्राउ गरिसकेको छ । प्रहरीले मंगलबार सरकारी वकिल कार्यालयमा आफूले ५० दिन लगाएर तयार पारेको अनुसन्धान प्रतिवदेन बुझाएको छ । प्रतिवेदनमा उक्त प्रकरणमा १६ जनाको संलग्नता रहेको प्रहरीको दाबी छ । अभियुक्तहरुमध्ये ५ जना फरार छन् ।

गल्ती नगर्दा पनि बैंकरले जेल जानुपर्ने अवस्था भएको निष्कर्ष निकाल्दै संघले श्रेष्ठसँगको सोधपुछमा सफ्ट भइदिन आग्रह गर्ने निर्णय गरेको छ । यस विषयमा कुरा गर्न संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गाना, राष्ट्रिय बाणिज्य बैंकका सीइओ किरण श्रेष्ठ र इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डे महान्यायधीवक्ता खरेललाई भेट्ने निर्णय भएको छ । निर्दोष र इमान्दार बैंकरले सजाय पाउने अवस्था रहनु नहुने बैंकर्स संघको भनाई छ ।

Ad