बैंकिङ खबर । संविधान दिवस र राष्ट्रिय दिवसको अवसरमा गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. संस्थाको कार्यालयमा राष्ट्रिय झण्डा फहराई सम्पूर्ण कर्मचारीहरुले राष्ट्रिय झण्डा अंकित टिसर्ट लगाई दिपावली सहित अतिरिक्त कार्यक्रम हर्षोउल्लासका साथ मनाएका थिए । साथै यस फाइनान्सले चाबहिल शाखा कार्यालयको समन्वयमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा का.म.न.पा. वडा नं. ८, काठमाडौंमा अवस्थित सारदा आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री कम्प्यूटर २ थान प्रदान गरेको छ ।
लघुवित्त
गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स सामाजिक उत्तरदायित्व कार्यक्रममा अग्रसर
२०७६ आश्विन ८ गते
