Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एकै सातामा वाणिज्य बैंकहरुले प्रवाह गरे २५ अर्ब कर्जा

२०७३ असार ८ गते

moneyपछिल्लो एक सातामा वाणिज्य बैंकहरुमा निक्षेप ३ अर्ब रुपैयाँ बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार यो एक सातामा कर्जा भने २५ अर्ब रुपैँयाले बढेको छ । निर्माणका कामहरु तीव्र रुपमा भइरहाँदा बैंकहरुमा कर्जाको माग बढेको हो ।

राष्ट्र बैंकका अनुसार, जेठ मसान्तसम्ममा वाणिज्य बैंकहरुले १६ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने १३ खर्ब २७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । वाणिज्य बैंकहरुमा रहेको कुल निक्षेपमध्ये १ खर्ब ८ अर्ब रुपैयाँ विदेशी मुद्रामा रहेको छ ।