पछिल्लो एक सातामा वाणिज्य बैंकहरुमा निक्षेप ३ अर्ब रुपैयाँ बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार यो एक सातामा कर्जा भने २५ अर्ब रुपैँयाले बढेको छ । निर्माणका कामहरु तीव्र रुपमा भइरहाँदा बैंकहरुमा कर्जाको माग बढेको हो ।
राष्ट्र बैंकका अनुसार, जेठ मसान्तसम्ममा वाणिज्य बैंकहरुले १६ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने १३ खर्ब २७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । वाणिज्य बैंकहरुमा रहेको कुल निक्षेपमध्ये १ खर्ब ८ अर्ब रुपैयाँ विदेशी मुद्रामा रहेको छ ।




