बैंकिङ खबर । सरकारी स्वामित्व भएका दुई वटा बैंकसहित २२ वटा वाणिज्य बैंकले मर्जरमा जान तयार रहेको बताएका छन् । कृषि विकास बैंक र नेपाल बैंकसहित २२ वटा बैंकले नेपाल राष्ट्र बैंकलाई मर्जरको प्रगति विवरण पेश गरेका छन् । यसरी विवरण पेश गर्नेमा कृषि विकास बैंक, नेपाल बैंक, नविल बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, हिमालयन बैंक, एनआइसी एशिया बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी बैंक, प्राइम कमर्सियल बैंक, एनएमबि बैंक, जनता बैंक नेपाल, सानिमा बैंक, कुमारी बैंक, ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, सनराइज बैंक, मेगा बैंक नेपाल, सिभिल बैंक, सेञ्चुरी कमर्सियल बैंक, बैंक अफ काठमाण्डू र नेपाल बंगलादेश बैंक रहेका छन् ।