Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

तोलाको साढे ५६ हजारमा झर्यो सुनको भाउ

२०७३ असार ८ गते

goldबुधबार सुन तोलाको ३ सय रुपैयाँ सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ५६ हजार ५ सय रुपैयाँ र तेजावी सुन प्रतितोला ५६ हजार २ सय ५० का दरले कारोबार भइरहेको छ । यसअघि मंगलबार छापावाल सुन प्रतितोला ५६ हजार ८ सय रुपैयाँ र तेजावी सुन प्रतितोला ५६ हजार ५ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको थियो । 

बुधबार चाँदी पनि तोलाको ५ रुपैयाँका दरले सस्तिएको छ । मंगलबार तोलाको ८ सय रुपैयाँका दरले कारोबार भइरहेको चाँदी बुधबार तोलाको ७ सय ९५ रुपैयाँका दरले कारोबार भइरहेको महासंघले जनाएको छ ।