Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंकको आइटी अडिट नियमित गर्न निर्देशन

२०७६ भाद्र २५ गते

एटिएम ह्याक प्रकरणपछि राष्ट्र बैंकले बैंकलाई सुरक्षित प्रविधिको प्रयोग गर्न तीनबुँदे निर्देशन दिएको छ ।  बैंकहरूले प्रयोग गरिरहेको सूचना प्रणालीमा बाहिरबाट अनधिकृत पहुँच रोक्न भरपर्दो र सुरक्षित प्रविधि अपनाउन निर्देशन दिएको छ ।

नक्कली पत्राचार र भुक्तानीको आदेश रोक्न आवश्यकताअनुसार अनुगमन गर्ने र कुनै घटना वा प्रविधिमा आक्रमण भए सूचना दिनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूले प्रयोग गर्ने आइटी प्रविधिहरूको नियमित अडिट गर्ने र त्यसबाट मर्मत–सम्भार गर्नुपर्ने देखिए तत्काल मर्मत गर्न निर्देशन दिएको हो ।

१४ भदौमा चीनबाट आएका ह्याकरहरूले नेपाल र भारतका अटोमेटेड टेलर मेसिन (एटिएम)बाट यहाँका बैंकहरूको परिचय नम्बर र कार्ड प्रयोग गरेर करिब ३ करोड ४४ लाख रकम निकालेका थिए । नेपालमा पक्राउ परेका ह्याकरहरूबाट प्रहरीले १ करोड २६ लाख रुपैयाँ, ९ हजार १ सय डलर फेला पारेको थियो । 

ह्याक प्रकरणका लागि अध्ययन गर्न सिंगापुरबाट गत बुधबार आएको फरेन्सिक टोली २२ भदौमा फर्किएको छ । उनीहरूले प्रारम्भिक प्रतिवेदन पठाएको भए पनि ह्याक प्रकारणको कारण खुल्न नसकेको र ३ महिनापछि आउने विस्तृत प्रतिवेदनले यो जानकारी दिने राष्ट्र बैंकले उल्लेख गरेको छ । नयाँ पत्रिकामा प्रकाशित समाचार 

Ad