September 11th, 2019

छानीछानी खानुहोस् जागीर : वित्तीय क्षेत्रमा प्रशस्त अवसर

बैंकिङ खबर । वित्तीय क्षेत्रमा रोजगारीको प्रशस्त अवसर खुलेको छ । बैंक, विकास बैंक, लघुवित्त, फाइनान्स र सहकारी गरी ८ वटा संस्थाले भ्याकेन्सी खुलाएका छन् । सबैमा गरेर दुई सयभन्दा बढी रोजगारीको अवसर छ ।

नविल बैंकले ५० जना ट्रेनी एसिस्टेन्ट र १० जना मेनेजमेन्ट ट्रेनी मागेको छ । अनुभव नभएका कर्मचारीको माग भएकाले सुरुमा प्रवेश गरेर करिअरको सुरुवात गर्न चाहनेहरुका लागि महत्वपूर्ण अवसर रहेको छ । एसिस्टेन्टका लागि स्नातक र मेनेजमेन्टका लागि स्नातकोत्तर गरेको हुनुपर्छ । आवेदन दिने म्याद १७ सेप्टेम्बरसम्म छ ।

सानिमा बैंकले डिपोजिट मेनेजमेन्टका लागि एसिस्टेन्टदेखि अफिसर लेभलका रिलेसनसिप अफिसर वा मेनेजर मागेको छ । एसिस्टेन्ट बन्न स्नातक र अफिसर बन्न स्नातकोत्तर गरेको हुनुपर्छ र २।३ वर्षको अनुभव पनि बैंकले मागेको छ । आवेदन दिने म्याद २५ सेप्टेम्बरसम्म छ ।

कामना सेवा विकास बैंकले गण्डकी, नारायणघाट र बुटवल क्षेत्रका लागि शाखा प्रबन्धक, लिेसनसिप मेनेजर, सर्भिस मेनेजर तथा अपरेसन इन्चार्जका साथमा केन्द्रीय कार्यालयको कार्ड डिपार्टका लागि एक जना सुपरभाइजर पनि मागेको छ । शाखा प्रबन्धकका लागि तीन र अन्यका लागि दुई वर्षको अनुभव मागिएको छ । आवेदन दिने म्याद २५ सेप्टेम्बरसम्म छ ।

देवः विकास बैंकले कर्पोरेट अफिसको माइक्रोक्रेडिट डिपार्ट, काठमाडौँ, धनगढी र नारायणगढको क्षेत्रीय कार्यालय, काठमाडौँ, चितवन, दाङ, कैलाली, कञ्चनपुर, सुनसरी मोरङ, झापा, रुपन्देही, इलाम, धादिङ, काभ्रे, बर्दिया, सिन्धुपाल्चोक, नवलपूर, बाँके र पर्सा शाखाका लागि अफिसर लेभलका कर्मचारी मागेको छ । त्यस्तै, धनगढी क्षेत्रीय कार्यालय र विभिन्न शाखाका लागि सुपरभाइजर, एसिस्टेन्ट र जुनियर एसिटेन्ट मागिएका छ । आवेदन दिने म्याद २५ सेप्टेम्बरसम्म छ ।

पोखरा फाइनान्सले केन्द्रीय कार्यालयको क्रेडिट रिस्ट डिपार्ट, अपरेसन डिपार्ट र पोखराका लागि १।१ जना सिनियर अफिसर मागेको छ । मेनेजमेन्ट वा अर्थशास्त्रमा स्नातक उतीर्ण गरी सात वर्षको अनुभव भएको व्यक्तिले आवेदन दिन सक्नेछ । पोखराकै लागि २।२ जना अफिसर र सुपरभाइजर पनि मागिएको छ । आवेदन दिने म्याद असोज ६ गतेसम्म छ ।

सबैको लघुवित्तले एक जना प्रबन्धक, एक जना सुचना प्रविधि सहायक र केही संख्यामा शाखा प्रमुख, सहायक र कनिष्ठ सहायक मागेको छ । आवेदन दिने म्याद भदौ ३१ गतेसम्म छ ।

मेरो माइक्रोफाइनान्सले अधिकृत र सहायक लेभलका विभिन्न पदका लागि कर्मचारी मागेको छ । आवेदन दिने म्याद असोज ७ गतेसम्म छ ।

त्यस्तै, राष्ट्रिय सहकारी बैंकले ८९ जना कर्मचारी मागेको छ । एप्लाई गर्ने म्याद असोज ८ गतेसम्म रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]