September 4th, 2019

नेपाल बैंकले छिटै नयाँ सीईओ पाउँदै

बैंकिङ खबर । नेपालको सबैभन्दा जेठो बैंक नेपाल बेंकले छिटै नयाँ सीईओ पाउने भएको छ । गत चैतदेखि रिक्त रहेको नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि १४ जनाले आवेदन दिएका छन् । आवेदन दिनेमा एक जना महिला र १३ जना पुरुष छन् ।

बैंकमा सीईओका लागि एप्लाई गर्ने एक मात्र महिला दुर्गाकुमारी कर्णेल हुन्, जो अहिले राष्ट्रिय वाणिज्य बैंकमा १०औं तहमा कार्यरत छिन् । त्यस्तै, राजुनाथ खनाल, अरुणकुमार ढुंगाना, रामदेव यादव, कृष्णवहादुर अधिकारी, मुरारीप्रसाद अर्याल, पूर्णप्रसाद आचार्य, सुन्दर पन्थी, पुष्पराज भण्डारी, गोविन्दप्रसाद दाहाल, शेषरमण आचार्य, अशोक खड्गी, शंकरकुमार रायमाझी र दिल्लीराम शर्माले पनि आवेदन दिएका छन् । अब बैंकले एउटा छुट्टै कमिटी गठन गरि आवेदकहरुको योग्यता, क्षमता र अनुभवको आधारमा छनौट गरी सीईओ नियुक्त गर्नेछ ।

बैंकले साउन १४ गते सीईओ पदपूर्तिका लागि विज्ञापन गरेको थियो । उक्त पदका लागि तीन लाख रुपेयाँ तलब तोकिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]