Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

तोलाको ५६ हजार ८ सयमा झर्यो सुनको भाउ

admin २०७३ असार ६ गते
सेयर:

goldसोमबार सुन सस्तिएको छ । केही समययता थोरै थोरै गरेर बढिरहेको सुनको भाउ सोमबार प्रतितोला २ सय रुपैँयाका दरले घटेको हो । सोमबार छापावाल सुन प्रतितोला ५६ हजार ८ सय रुपैँयाका दरले कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ५६ हजार ५ सय ५० रुपैँया प्रतितोलाका दरले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार आइतबार प्रतितोला ५७ हजार रुपैँयामा कारोबार भएको थियो भने तेजावी सुन प्रतितोला ५६ हजार ७ सय ५० रुपैँयाका दरले कारोबार भएको थियो । 

चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार सोमबार चाँदी तोलाको ८ सय रुपैँयाका दरले कारोबार भइरहेको छ । यसअघि आइतार पनि चाँदी सोही मूल्यमा खरिदविक्रि भएको थियो । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।