बैंकिङ खबर । सिभिल बैंकले विभिन्न पदका लागि नौ जना कर्मचारी मागेको छ । बैंकले प्रदेश २ का लागि प्रदेश प्रमुख, भैरहवाका लागि दुई जना शाखा प्रबन्धक, धनगढी शाखामा प्रबन्धक र सेमि क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट पाँच जना मागेको छ । सबै पदका लागि अनुभवी कर्मचारी मागिएको छ ।
बैंकको वेभसाइटको करेन्ट भ्याकेन्सी (http://www.civilbank.com.np/current-vacancies)मा गई आफ्नो योग्यता, अनुभव र इच्छा अनुसारको पदमा आवेदन दिन सकिनेछ । आवेदन दिने म्याद ८ सेप्टेम्बरसम्म रहेको छ ।


