Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

चिनको ७४ अर्ब लगानी विदेशमा, वर्षेनि बढ्दै 

admin २०७३ असार ६ गते
सेयर:

chinaचीनले यो वर्ष विदेशी मुलुकमा गरेको प्रत्यक्ष लगानी मजबुत देखिएको छ । “चीनको बाह्य प्रत्यक्ष लगानीमा विस्फोटक वृद्धि अल्पकालीन अवधिमा परिवर्तन हुने देखिँदैन,” चाइनिज एकेडेमी अफ इन्टरनेसनल ट्रेड एन्ड इकोनोमिक कोअपरेसनका उपाध्यक्ष ली गुवाङघुईले भने ।

चालू वर्षको जनवरीदेखि मेसम्मको अवधिमा चीनको गैरवित्तीय क्षेत्रको बाह्य प्रत्यक्ष लगानी वार्षिक मापनका आधारमा झन्डै ६२ प्रतिशतले वृद्धि भई ७४ अर्ब डलर पुगेको वाणिज्य मन्त्रालयले जनाएको छ । धेरै लगानी भएका क्षेत्रमा आसियान, अस्ट्रेलिया, युरोपेली संघ, जापान, रूस र अमेरिका छन् । यी क्षेत्रले चीनबाट ५९ अर्ब लगानी प्राप्त गरेका छन् । यो कुलको पाँच भाग हो ।

मन्त्रालयका प्रवक्ता सेन डानयाङका अनुसार चिनियाँ कम्पनीले यो वर्षको सुरु पाँच महिनाको अवधिमा १५१ मुलुक र क्षेत्रमा लगानी गरेका छन् । चिनियाँ लगानीको प्रमुख चासोमा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’का मुलुक र क्षेत्र परेका छन् ।

चीनले सन् २०१३ मा प्रस्ताव गरेको व्यापार र पूर्वाधार सञ्जालले ‘सिल्क रोड इकोनोमिक बेल्ट’ र २१औं शताब्दी ‘म्यारिटाइम सिल्क रोड’को परिकल्पना गरेको छ । यसले एसिया, युरोप र अमेरिकामा रहेका ५० भन्दा बढी मुलुक र क्षेत्रका ४.४ अर्ब मानिसलाई समेट्छ ।

यो पाँच महिनाको अवधिमा यी दुई व्यापारिक मार्गका मध्यमबाट चीनले ४९ मुलुक र क्षेत्रमा ५.६३ अर्ब डलर लगानी गरेको छ । यो वार्षिक मापनका आधारमा १६ प्रतिशत बढी हो । “यी क्षेत्रमा सुधारिएको पूर्वाधार सुविधा, ऊर्जा स्टेसन, सेवा र क्षेत्रीय सञ्जालका साथै नयाँ व्यापारिक क्षेत्रमा नयाँ रोजगारी सिर्जनाप्रति उनीहरूको बढ्दो मागबाट धेरै अवसर आएका छन्,” सेनले भने ।

उक्त अवधिमा उत्तर अमेरिका, ओसियाना, एसिया र ल्याटिन अमेरिका ओडीआई क्रमशः २०८, ७२, ६३ र ५१ प्रतिशतले वृद्धि भएको जनाइएको छ । यसबाहेक एसियाली पूर्वाधार लगानी बैंकको पहिलो ब्याचको लगानी जुन २४ मा हुने तेस्रो बोर्ड बैठकको अवसरमा घोषणा गरिने भएको छ, जसले चीनबाट हुने बाह्य प्रत्यक्ष लगानीलाई पनि वृद्धि गराउने अपेक्षा गरिएको छ । एजेन्सी

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।