June 20th, 2016

फेवा विकास बैंकमा जागिर खुल्यो

fewa bikas bankफेवा विकास बैंकले प्रशिक्षार्थी एसिस्टेन्ट, जुनियर एसिस्टेन्ट र एसिस्टेन्ट पदका लागि दरखास्त आह्वान गरेको छ । पोखरामा मुख्य कार्यालय रहेको राष्ट्रिय स्तरको विकास बैंक फेवा विकास बैंकमा उल्लिखत पदमा जागिर गर्न इच्छुक व्यक्तिले बैंकले तोकेको ष्योग्यता हासिल गरेको हुनुपर्नेछ । अनुभवीलाई मात्र नभएर अनुभव प्राप्त गर्न चाहनेलाई पनि अवसर दिइने बैंकले जनाएको छ ।

योग्यता केके चाहिन्छ ?
प्रशिक्षार्थी र जुनियर एसिस्टेन्ट पदका लागि परिचित शैक्षिक संस्थाबाट कम्तीमा +२ उतीर्ण गरेको हुनुपर्नेछ । त्यस्तै, एसिस्टेन्ट पदका लागि स्नातक उतीर्ण हुनुपर्नेछ । अ्रग्रेजी र नेपाल लेखन तथा बाचन राम्रो भएको, सञ्चारमा दखल तथा माइक्रोसफ्ट अफिस प्याकेज राम्रोसँग चलाउन सक्ने हुनुपर्नेछ । जुनियर एसिस्टेन्ट र एसिस्टेन्ट पदका लागि वित्तीय क्षेत्रमा कम्तीमा एक वर्ष काम गरेको अनुभव हुनेपर्ने बताइएको छ । 

कसरी दिने दरखास्त ?
इच्छुक र योग्यता पुगेका व्यक्तिले आफ्नो वायो डाटा, हस्तलिखित निवेदन र पछिल्लो समयमा खिचेको पासपोर्ट साइजनको फोटोका साथमा आफ्नो योग्यता तथा अनुभव प्रमाणित गर्ने कागजातहरु असार १६ गतेभित्रमा बैंकको पो.ब.नं. २४१, पोखरा, कास्की, नेपालमा पठाउनुपर्नेछ ।