बैंक तथा वित्तीय संस्थाबाट धितो कर्जामा अपेक्षाभन्दा कम रकम प्रवाह भएको देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार, चालु आर्थिक वर्षको पहिलो १० महिनामा बैंक तथा वित्तीय संस्थाबाट सेयर धितो कर्जामा ३२ अर्ब २१ करोड रूपैयाँमात्र कर्जा प्रवाह भएको छ ।
राष्ट्र बैंकको तथ्यांकले रियल स्टेटतर्फ प्रवाह हुने कर्जा भने निकै बढी भएको देखाएको छ । राष्ट्र बैंकका अनुसार चाल आर्थिक वर्षको वैशाख महिनासम्ममा बैंक तथा वित्तीय संस्थाले २ खर्ब ३३ अर्ब ८० करोड रूपैयाँ कर्जा प्रवाह गरेका छन् । यो बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जाको १४.८ प्रतिशत हुन आउँछ ।
