Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

५७ हजार पुग्यो सुनको सुनको भाउ, चाँदी पनि महँगियो

२०७३ असार ५ गते

goldसाताको पहिलो दिन सुन महँगिएको छ । आइतबार सुन प्रतितोला ४ सय रुपैँया दरले महँगो भएको हो । केही समययता सुनको भाउ सामान्य भएपनि लगातार रुपमा बढिरहेको छ । शुक्रबार तोलाको ५६ हजार ६ सय रुपैँयामा कारोबार भएको छापावाल सुन आएतबार तोलाको ५७ हजार रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, शुक्रबार तोलाको ५६ हजार ३ सय ५० रुपैँयाका दरले कारोबार भइरहेको तेजावी सुन आइतबार तोलाको ५६ हजार ७ सय ५० रुपैँयाका दरले कारोबार भइरहेकाचे छ । महासंघका अनुसार, आइतबार चाँदी पनि ५ रुपैँया प्रतितोलाका दरले महँगिएको छ । शुक्रबार प्रतितोला ७ सय ९५ रुपैँयामा कारोबार भइएको चाँदी आइतबार प्रतितोला ८ सय रुपैँयाका दरले कारोबार भइरहेको छ