June 19th, 2016

५७ हजार पुग्यो सुनको सुनको भाउ, चाँदी पनि महँगियो

goldसाताको पहिलो दिन सुन महँगिएको छ । आइतबार सुन प्रतितोला ४ सय रुपैँया दरले महँगो भएको हो । केही समययता सुनको भाउ सामान्य भएपनि लगातार रुपमा बढिरहेको छ । शुक्रबार तोलाको ५६ हजार ६ सय रुपैँयामा कारोबार भएको छापावाल सुन आएतबार तोलाको ५७ हजार रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, शुक्रबार तोलाको ५६ हजार ३ सय ५० रुपैँयाका दरले कारोबार भइरहेको तेजावी सुन आइतबार तोलाको ५६ हजार ७ सय ५० रुपैँयाका दरले कारोबार भइरहेकाचे छ । महासंघका अनुसार, आइतबार चाँदी पनि ५ रुपैँया प्रतितोलाका दरले महँगिएको छ । शुक्रबार प्रतितोला ७ सय ९५ रुपैँयामा कारोबार भइएको चाँदी आइतबार प्रतितोला ८ सय रुपैँयाका दरले कारोबार भइरहेको छ