Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सुनको मुल्यको नयाँ रेकर्ड, ७० हजार रुपैयाँ प्रतितोला

२०७६ श्रावण २३ गते

बैंकिङ खबर । नेपाली सुनचाँदी बजारमा सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । बिहिबार सुनको मुल्य अहिले सम्मकै सबै भन्दा धेरै ७० हजार रुपैयाँ प्रतितोला कायम भएको हो । छापावाला सुन भने प्रतितोला ६९ हजार ७ रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

बुधबार ६९ हजार ४ सयमा कारोबार भएकोमा आज ६ सय रुपैयाँले बढेर ७० हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायीमहासंघले जनाएको छ । इतिहासमा नै पहिलो पटक नेपालको सुन बजारमा प्रतितोला ७० हजार रुपैयाँ पुगेको यो नै पहिलो पटक हो । पछिल्ला दिनमा सुनको मूल्य लगातार बढिरहेको छ ।

नेपाली बजारमा दिनदिनै सुनको मुल्यले नयाँ रेकर्ड कायम गर्दा अन्तर्राष्ट्रिय बजारमा भने प्रतिऔंस १५ सयको डलरको हाराहारीमा छ । अहिले अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर भएका कारण सुनको मूल्य बढी भएको हो । यता मूल्य अत्याधिक हुदाँ सुनको कारोबार भने ठप्पजस्तै भएको छ ।

Ad