June 19th, 2016

बजेट अभावमा सुरु हुन नसकेको भुकम्पछिको लगत संकलनमा यसरी सघाउँदैछ विश्व बैंक 

victimsकाठमाडौँ उपत्यकामा भूकम्पपछिको लगत संकलन सुरु गर्न अझै एक हप्ता लाग्ने भएको छ । यही असार १ गतेदेखि लगत संकलन सुरु गर्ने भनिए पनि बजेटको अभावमा सुरु गर्न नसकिएको केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए । 

यसअघि विभागले गत जेठ दोस्रो सातादेखि नै लगत संकलन सुरु हुने बताएको थियो । अति प्रभावित १४ जिल्लामध्ये ११ मा लगत संकलन सम्पन्न भए पनि काठमाडौँ, ललितपुर र भक्तपुरमा अझै सुरु नहुँदा यहाँका भूकम्पपीडितले वर्षा अगावै आवास निर्माणका लागि अनुदान नपाउने भएका छन् । भूकम्पबाट घर पूर्ण रुपमा क्षति भएका घरधनीले विभागको लगत सङ्कलनपछि मात्र २ लाख रुपैँया अनुदान किस्ताबन्दीमा पाउने व्यवस्था छ । “विश्व बैंकले लगत सङ्कलनका लागि सहयोग गर्ने वचन दिएकाले एक हप्तापछि सुरु हुनेछ, लगत सङ्कलनमा संलग्न हुने इन्जिनियर र सामाजिक परिचालकलाई तालिम दिने तयारीमा छौँ, भूकम्पका समयमा गृह मन्त्रालयले सङ्कलन गरेको लगत पनि मगाइरहेका छौँ, उपत्यकाका १५ वटा नगरपालिकाको प्राप्त भएको छ, सात वटा प्राप्त हुन बाँकी छ”–उनले भने । 

काठमाडौँमा एक महानगरपालिका, १० नगरपालिका, भक्तपुरमा छ नगरपालिका, ललितपुरमा एक उपमहानगरपालिका, चार नगरपालिका र १९ गाविस छन् । उपत्यकामा लगत सङ्कलन सुरु भएको एक महिनामा काम सम्पन्न हुने विभागले जनाएको छ । रासस