बैंकिङ खबर । ग्लोबल आइएमई बैंकले गत आर्थिक बर्षको चौथो त्रैमाससम्ममा ३२.०३ प्रतिशतले नाफामा वृद्धि गरेको छ । बैंकले मंगलबार प्रकाशित गरेको नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डड (एनएफआरएस) रिर्पोट अनुसार अघिल्लो आर्थिक बर्षमा २ अर्ब १० करोड खुद नाफा गरेको बैंकले गत आर्थिक बर्षमा २ अर्ब ७९ करोड ५२ लाख रुपैयाँ खुद नाफा गरेको हो ।
बैंकको एनएफआरएस रिर्पोट अनुसार १० अर्ब ३१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले शेयरधनीलाई २३ प्रतिशत लाभांश वितरण गर्नसक्ने देखिन्छ । बैंकको वितरणयोग्य नाफा २ अर्ब ४२ करोड ९८ लाख रुपैयाँ रहेको छ ।
बैंकको ब्याज आम्दानी अघिल्लो बर्षको तुलनामा ३३.३२ प्रतिशतले बढेर ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । साथै बैंकले खराब कर्जा ०.७७ प्रतिशतबाट घटाएर ०.५५ कायम गर्ने सफल भएको छ ।
बैंकले गत आर्थिक बर्षमा १ खर्ब २० अर्ब निक्षेप संकलन गरि १ खर्ब ८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । सो अवधिमा बैंकको जगेडा कोष ६ अर्ब ४ करोड रहेका बैंकले जनाएको छ ।
त्यस्तै बैंकको मूल््य आम्दानी अनुपात १०.८८ गुणा, प्रतिशेयर नेट वर्थ १५८.६२ रुपैयाँ, प्रति शेयर आम्दानी २७.११ रुपैयाँ, आधार ब्याजदर ९.५४ प्रतिशत, कोषको लागत ७.१८ प्रतिशत , र सीसीडि ७८.६९ प्रतिशत रहेको छ ।