July 29th, 2019

बौद्ध ग्रामिण सहकारीद्धारा कर्जा व्यवस्थापन तालिम सम्पन्न

बैंकिङ खबर । सुर्खेतको वीरन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको बौद्ध ग्रामिण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले फिल्ड संचालन तथा कर्जा व्यवस्थापन तालिम सम्पन्न भएको छ । संस्थाका विभिन्न शाखामा रहेका १८ जना फिल्ड कर्मचारीहरुकोको सहभागीता रहेको तालिममा फिल्ड संचालन, कर्जा वितरण, विश्लेषण र व्यवस्थापनका विषयमा तालिम दिइएको हो ।

कर्मचारीहरुको कार्यक्षमतालाई थप उर्जाशल र सिर्जानात्मक गराउनका लागि ३ दिने तालिमको आयोजना गरिएको संस्थाले जनाएको छ । संस्थाले बेला बेलामा आफुहरुको क्षमता अभिबृद्धिका लागि उपलब्धीमुलक तालिमहरु आयोजना गरिदिनाले काम गर्ने उत्साह र हौसला बढ्दै गएको तालिममा सहभागीहरुले बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]