Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

आईसीएफसी फाइनान्समा जागीर खुल्यो

admin २०७३ असार ४ गते
सेयर:

icfcनेपाल राष्ट्र बैंकबाट ग वर्गको इजाजतप्राप्त वित्तीय संस्था आईसीएफसी फाइनान्सले कानुन प्रशासन व्यवस्थापक र शाखा व्यवस्थापक पदका लागि दरखास्त आह्वान गरेको छ । कानुन प्रशासन व्यवस्थापक पदका लागि कानुन विषयमा स्नातक गरेको हुनुपर्नेछ । साथै, वित्तीय क्षेत्रमा कम्तीमा पनि ३ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ । यस पदका लागि इच्छुक व्यक्तिले कम्पनि र वित्तीय कानुनबारे बुझेको हुनुपर्नेछ । त्यस्तै, शाखा व्यवस्थापक बन्न चाहनेले ग्रयाजुएट गरेको हुनुपर्नेछ । साथै, कम्तीमा ३ वर्ष बैंकको कस्टुमर सर्भिस र क्रेडिट रिस्कमा काम गरेको हुनुपर्नेछ । त्यस्तै, नेपाल राष्ट्र बैंकको नियम तथा निर्देशनका बारेमा जानकारी भएको हुनुपर्नेछ । इच्छुक तथा योग्यता पुगेका व्यक्तिले २५ जुन अर्थात असार ११ गतेसम्मा कम्पनिको मुख्य कार्यालय भाटभटेनीमा सम्पर्क गर्नुपर्नेछ ।  

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।