July 29th, 2019

राष्ट्रिय सहकारी बैंकले व्यवस्थापन शूल्क मात्रै लिने, सेवा शूल्क हटायो

बैंकिङ खबर । राष्ट्रिय सहकारी बैंकले सेवा शूल्क नलिने भएको छ । बैंकले सदस्य संघरसंस्थाहरुलाई कर्जा लगानी गर्दा एक प्रतिशत सेवा शूल्क लिँदै आएको थियो । नयाँ मौद्रिक नीतिले सेवा शुल्क लिन नपाइने व्यवस्था गरेपछि बैंकले सेवा शूल्क नलिने निर्णय गरेको प्रमुख कार्यकारी अधिकत बद्रीकुमार गुरागाईँले जानकारी दिए ।

अब सहकारी बैंकले कर्जा लगानीका समयमा विभिन्न निकायसँग समन्वय लगायतका काम गर्नका लागि व्यवस्थापन शुल्क मात्रै लिने छ । चालु पूँजी कर्जा लिने सदस्यले शुन्य दशमलव ७५ प्रतिशत र अन्य कर्जामा शुन्य दशमलव ५ प्रतिशत व्यवस्थापन शुल्क लिने निर्णय बैंकले गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]