Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सिन्धु विकास बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी

२०७६ श्रावण १२ गते

बैंकिङ खबर । सिन्धु विकास बैंकले ठूलो संंख्यामा कर्मचारी मागेको छ । बैंकले साउन २६ गतेसम्म आवेदन दिन पाइने गरी भ्याकेन्सी खुलाएको छ ।

बैंकले केही संख्यामा सुभरभाइजर वा सिनियर अफिसर लेभलका ब्रान्च मेनेजर, सिनियर एसिस्टेन्ट वा सुपरभाइजर लेभलका रिलेसनसिप मेनेजर र संचालन कार्यका लागि सिनियर एसिस्टेन्ट, एसिस्टेन्ट वा जुनियर एसिस्टेन्ट लेभलका कर्मचारी मागेको छ ।

ब्रान्च मेनेजरका लागि २१ देखि ४० वर्ष र अन्यका लागि १८ देखि ३५ वर्ष उमेर समूहका कर्मचारी मागिएको छ । जुनियर एसिस्टेन्टबाहेक सबै लेभलका आवेदकले व्यवस्थापन संकायमा स्नातक गरेको र कार्यअनुभव प्राप्त गरेको हुनुपर्छ । ब्रान्च मेनेजरका लागि तीन वर्ष र अन्यका लागि एक वर्षको अनुभव मागिएको छ ।