June 17th, 2016

सुनको भाउ तोलाको ५६ हजार ६ सय पुग्यो, चाँदी ७ सय ९५

goldसाताको अन्तिम दिन सुन प्रतितोला ४ सय रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला ५७ हजार रुपैयाँमा किनबेच भएको छापावाल सुन शुक्रबार ५६ हजार ६ सय रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको छ भने विहिबार ५६ हजार ७ सय ५० रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको तेजावी सुन शुक्रबार ५६ हजार ३ सय ५० रुपैँया प्रतितोलाका दरले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

गत साताको अन्तिम दिन छापावाल सुन प्रतितोला ५५ हजार ९ सय रुपैयाँ र तेजावी सुन प्रतितोला ५५ हजार ६ सय ५० रुपैयाँका दरले कारोबार भएको थियो । जसअनुसार, यो साताभरिमा सुन ७ सय रुपैयाँ प्रतितोलाका दरले महँगिएको छ ।

साताको अन्तिम दिन चाँदी पनि १० रुपैयाँ प्रतितोलाका दरले सस्तिएको छ । बिहीबार प्रतितोला ८ सय ५ रुपैयाँका दरले कारोबार भएको चाँदी शुक्रबार ७ सय ९५ रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको छ । गत साताको अन्तिम दिन प्रतितोला ७ सय ८५ रुपैयाँका दरले कारोबार भएको आधारमा यो साताभर चाँदीको भाउ १० रुपैयाँ प्रतितोलाका दरले बढेको छ ।