बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले मर्जर तथा एक्विजिसनमा जाने लघुवित्त वित्तीय संस्थाहरुलाई प्रोत्साहन गर्ने भएको छ । नयाँ मौद्रिक नीतिमार्फत गभर्नर डा. चिरंजीवि नेपालले यस्तो बताएका हुन् ।
मर्जरमा जाने लघुवित्तलाई पुँजीवृद्धिमा समय थप गरिने, कुलिङ पिरियड नलगाउने र कर्जा लगानीमा समेत सुविधा दिने मौद्रिक नीतिमा उल्लेख छ ।